• २० असोज २०८३, मंगलबार
  • ६ः१५ बिहान

फिर्ता बोलाइएका ११ मध्ये ६ राजदूतले दिए राजीनामा

प्रकाशित मिति

२०८२ मंसिर १९ गते, शुक्रबार ०३:५०

मंसिर १९, २०८२ काठमाडौं – सरकारले फिर्ता बोलाएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। उनीहरूको राजीनामा परराष्ट्र मन्त्रालयले स्वीकृत गरिसकेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।

National Life

हालै रुसका लागि नेपाली राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाले राजीनामा दिएका हुन्। यसअघि अमेरिका, चीन, बेलायत र कतारका लागि जिम्मेवारी सम्हालिरहेका—लोकदर्शन रेग्मी, कृष्णप्रसाद ओली, चन्द्रकुमार घिमिरे र रमेशचन्द्र पौडेल—ले राजीनामा दिएका थिए।

कार्यप्रगतिमा प्रश्न उठाउँदै सरकारले असोज ३० गते ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि अदालतले कात्तिक १६ गते अन्तरिम आदेश जारी गर्दै फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

अन्तरिम आदेशपछि सरकारले घुमाउरो तरिकाले राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा हाजिर भएर कामकाज गर्ने गरी बोलाएको थियो। मन्त्रालयमा काम गर्दै आएका बाँकी पाँच जना—शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन) र डा. दुर्गाबहादुर सुवेदी (जापान)—ले भने मुद्दाको टुंगो नलागेसम्म मन्त्रालयमै हाजिर रहने बताएका छन्।

प्रतिकृया