• २० असोज २०८३, मंगलबार
  • ६ः१५ बिहान

रामेछाप पुगेर कुलमान भन्छन्, अब देशको नेतृत्व गर्नुपर्छ भन्ने लागेको छ

प्रकाशित मिति

२०८२ मंसिर १९ गते, शुक्रबार ०२:३०

मंसिर १९, २०८२ काठमाडौं – अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफू देशको नेतृत्व लिने तयारीमा रहेको बताएका छन्। रामेछापको सुनापति गाउँपालिकामा आयोजित आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जासहित तीन मन्त्रालय सम्हालिरहेका घिसिङले उज्यालो नेपाल पार्टी दर्ता गरेर देश निर्माणमा लाग्ने दाबी गरे।

National Life

सरकारी मञ्चमै आफ्नो पार्टीका पक्षमा प्रचार गरेको आरोप बीच घिसिङले आगामी सरकारलाई प्रभावकारी बनाउन आफूजस्ता व्यक्तिको नेतृत्व आवश्यक भएको बताए। रोजगारी, सुशासन र नागरिक हितका मुद्दामा काम गर्न देशभरबाट योग्य नेतृत्व चयन गर्न आग्रह पनि गरे।

प्रतिकृया