• २० असोज २०८३, मंगलबार
  • ६ः१५ बिहान

काठमाडौँ–ललितपुरका आठ उद्योग–फर्ममाथि विभागको कारबाही, कुन-कुन परे ?

प्रकाशित मिति

२०८२ मंसिर २० गते, शनिबार ११:३६

मंसिर २०, २०८२ काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा तीव्र बनाएको बजार अनुगमनका क्रममा काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारबाहीको दायरामा ल्याइएको छ।

National Life

विभागका अनुसार काठमाडौँ–१७ नयाँबजारको ओम साई लाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ र ३८(घ) बमोजिम उल्लंघन गरेको पाइएकाले दफा ४१(क) अनुसार १५ हजार रुपैयाँ जरिवाना गरिएको हो।

अनुगमनका क्रममा पशुपति जिपर हाउस, जेएन माउण्टेन गियर, सजिन एग्रो प्याकेजिङ इंडस्ट्री, शक्ति फुड प्रालि, सुप्रिम इन्डस्ट्रिज, श्री रत्न रोलिङ मिल्स तथा बिरा फर्निचर लाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सुप्रिम इन्डस्ट्रिजलाई व्यवसायसम्बन्धी आवश्यक कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन भनेको छ। विभागका अनुसार आवश्यक कागजात नहुँदा ती उद्योगहरू कारबाहीको दायरामा परेका हुन्।

प्रतिकृया