• १३ असोज २०८३, मंगलबार
  • ६ः४२ बेलुका

नेपाल राष्ट्र बैंकमा डेढ सय कर्मचारी बढुवाको प्रक्रिया अघि बढ्यो

प्रकाशित मिति

२०८२ मंसिर १९ गते, शुक्रबार १२:२०

मंसिर १९, २०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले करिब डेढ सय कर्मचारीको बढुवा प्रक्रिया सुरु गरेको छ। मानव संसाधन व्यवस्थापन विभागका अनुसार यसपटक कार्यक्षमता मूल्यांकन र आन्तरिक प्रतिस्पर्धा दुवै माध्यमबाट ठूलो संख्यामा बढुवा गर्न लागिएको हो।

National Life

विभागले बढुवाका सम्भावित उम्मेदवारलाई पुस १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सूचित गरेको छ। आवेदन राष्ट्र बैंकको आधिकारिक वेबसाइटमार्फत भर्न सकिनेछ। आन्तरिक प्रतिस्पर्धा अन्तर्गतको लिखित परीक्षा लोक सेवा आयोगले संचालन गर्नेछ।

बढुवाको विवरणअनुसार प्रशासनतर्फ कार्यक्षमता मूल्यांकनमार्फत निर्देशक ८, उपनिर्देशक २०, सहायक निर्देशक १३, प्रधान सहायक ४५ र सहायक ४ जनाको बढुवा हुने छ। प्राविधिकतर्फ चालक सुपरभाइजर १ र सहायक निर्देशक (प्रेस) १ जना बढुवा हुनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी, आन्तरिक प्रतिस्पर्धाबाट निर्देशक ४, उपनिर्देशक ८, सहायक निर्देशक १२, प्रधान सहायक ३१ र सहायक ३ जनाको बढुवा हुने राष्ट्र बैंकले जनाएको छ।

यससँगै राष्ट्र बैंकले खुला प्रतिस्पर्धाबाट ७६ जना नयाँ कर्मचारी माग गर्दै रिक्त पदपूर्ति प्रक्रिया पनि सुरु गरेको छ।

प्रतिकृया