• १४ असोज २०८३, बुधबार
  • २ः११ राती

किन बोलाइन् प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक ?

प्रकाशित मिति

२०८२ मंसिर १८ गते, बिहीबार ०२:०६

मंसिर १८, २०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार अपराह्न ४ बजे सर्वपक्षीय बैठक बोलाएकी छन्। बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेछ।

National Life

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन तथा फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका तयारीबारे आवश्यक समन्वय तथा प्रगति समीक्षा गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ।

बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय, सरकारका प्रतिनिधि तथा प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी हुनेछन्। कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई पनि बैठकमा आमन्त्रित गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा निर्वाचन सुरक्षा, प्राविधिक तयारी, आवश्यकता अनुसार कानुनी तथा प्रशासनिक समन्वयलगायत विषयमा विस्तृत छलफल हुने बताइएको छ।

प्रतिकृया