• ३१ भदौ २०८३, बुधबार
  • ७ः०२ बेलुका

पोखरेलको कुलमानप्रति कडा प्रहार : योजना एउटाको, जस अर्कैले, पार्टी तेस्रोले खोलेको

प्रकाशित मिति

२०८२ मंसिर १८ गते, बिहीबार ०९:४३

मंसिर १८, २०८२ काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा मन्त्री कुलमान घिसिङको सहभागितामा घोषणा गरिएको उज्यालो नेपाल पार्टी प्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।

National Life

फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले नाम नलिई इंगलिसमा उज्यालो नेपालको मूल योजना बनाउने एक व्यक्ति भए पनि त्यसको श्रेय अर्कैले लिएको र अब पार्टी भने तेस्रोले खोलेको आरोप लगाएका छन्।

उनले लेखेका छन्, “लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले। जसको योजना, उसैलाई श्रेय दिने कहिले?”

Classic Tech Mobile
Classic Tech Desktop

पोखरेलको यस टिप्पणीलाई उज्यालो नेपाल पार्टीको ताजा घोषणा र राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ।

प्रतिकृया