• २९ भदौ २०८३, सोमबार
  • ३ः२६ दिउँसो

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमालेको रिट दर्ता

प्रकाशित मिति

२०८२ मंसिर १० गते, बुधबार ०५:०१

मंसिर १०, २०८२ काठमाडौं – प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। एमाले नेता महेश बर्तौला र सुनिता बरालले मंगलबार सर्वोच्च अदालतमा रिट पेश गरेकोमा अदालत प्रशासनले आज दर्ता भएको पुष्टि गरेको छ।

National Life

सर्वोच्चका अनुसार उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि मंसिर १७ गते पेशी तोकिएको छ।

२३ र २४ भदौमा भएका जेनजी आन्दोलनपछि राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएपछि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएका थिए। ओलीको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसमा सुशीला कार्कीलाई २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री कार्कीको सिफारिसमा नै प्रतिनिधिसभा भंग गरिएको थियो। भंगसँगै एमालेले सो निर्णयलाई निरन्तर असंवैधानिक बताउँदै आएको छ।

प्रतिकृया