नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालद्वारा २५ बुँदे प्रतिबद्धता सार्वजनिक
प्रकाशित मिति
२०८२ मंसिर १० गते, बुधबार ०४:४६
मंसिर १०, २०८२ काठमाडौं – नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले आफ्नो कार्यकालका २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। पदबहालीपछि विभिन्न मन्त्रालयका सचिव र कर्मचारीलाई सम्बोधन गर्दै उनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पहिलो प्राथमिकता दिने घोषणा गरेका हुन्।
अर्यालका अनुसार सिंगो मुलुककै ध्यान २१ फागुनको निर्वाचनमा केन्द्रित भएकाले निजामती प्रशासनको पहिलो दायित्व पनि यही प्रक्रिया निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा सम्पन्न गर्नु नै रहेको छ। यसका लागि उनले निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलगायत सुरक्षासँग सम्बन्धित सबै मन्त्रालय र निकायबीच प्रभावकारी समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचनसँगै भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गर्नु सरकारको दोस्रो ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै उनले प्रशासनिक संयन्त्रलाई सक्रिय, उत्तरदायी र परिणाममुखी बनाउन नेतृत्व तहबाट आवश्यक पहल गर्ने बताए।

उनले २३ र २४ भदौमा जेनजी पुस्ताले असल र उत्तरदायी शासनको माग गर्दै गरेको आन्दोलनलाई स्मरण गर्दै, निजामती सेवालाई जनउत्तरदायी, सदाचारयुक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी संयन्त्रका रूपमा रूपान्तरण गर्न आफ्नो ध्यान केन्द्रीत रहने स्पष्ट गरे।
मुख्यसचिव अर्यालले सरकारका यी दुवै महत्वपूर्ण दायित्व पूरा गर्न प्रशासनयन्त्र पूर्ण रूपमा सहयोगी र क्रियाशील बन्नै जरुरी रहेको बताए।
मुख्यसचिवले सार्वजनिक गरेका २५ बुँदे प्राथमिकता




प्रतिकृया