विराटनगरले लियो चितवनको पहिलो विकेट,दीपक बोहोरा फेरि सस्तैमा आउट
प्रकाशित मिति
२०८२ मंसिर १० गते, बुधबार ०४:२२
मंसिर १०, २०८२ काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा चितवन राइनोजले कमजोर सुरुआत गरेको छ। विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङ गर्दै उत्रिएको चितवनले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको हो।
ओपनर दीपक बोहोरालाई चितवनले दोस्रो ओभरको तेस्रो बलमै गुमायो। उनले ५ बलमा ५ रन मात्र बनाए। विराटनगरका मर्चेन्ट डे लाङ्गेको बलमा लोकेश बमले क्याच लिँदै दीपकलाई पभेलियन फर्काएका थिए।
यस सिजनमा बोहोरा फर्ममा नदेखिएको स्पष्ट हुँदै आएको छ। उनले अहिलेसम्म बनाएको सबैभन्दा उच्च व्यक्तिगत स्कोर ४२ रन हो, जुन कर्णाली याक्सविरुद्ध आएको थियो। सुरुआतदेखि नै आलोचित हुँदै आएको उनको ब्याटिङ प्रदर्शन आजको खेलमा पनि प्रभावहीन रह्यो।
चितवन राइनोजले अब मध्यमक्रमका बलरक-बलरमा भर पर्नुपर्ने देखिएको छ, जबकि विराटनगर किङ्सले उत्कृष्ट बलिङ सुरुआतसँगै खेलको नियन्त्रणमा लिन सफल भएको छ।






प्रतिकृया