• २९ भदौ २०८३, सोमबार
  • १ः५१ दिउँसो

उज्यालो नेपाल र हाम्रो पार्टी नेपाल एउटै चुनाव चिन्हबाट निर्वाचनमा जाने

प्रकाशित मिति

२०८२ मंसिर १० गते, बुधबार ०३:३१

मंसिर १०, २०८२ काठमाडौं – आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन्। दुबै दलबीच भएको सहमतिअनुसार उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’लाई संयुक्त रूपमा प्रयोग गरिने भएको हो।

National Life

उज्यालो नेपाल पार्टी ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको छ भने हाम्रो पार्टी नेपाल अभियन्ता खगेन्द्र सुनारले गठन गरेका हुन्। बुधबार काठमाडौंमा बसेको संयुक्त छलफलपछि आगामी फागुन २१ गते हुने चुनावमा एउटै चिन्हबाट जाने सहमति भएको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिए।

दुवै दलले आपसी सहमति र संयुक्त चिन्ह प्रयोगबारे निर्वाचन आयोगमा निवेदन दिने तयारी भइरहेको पनि बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया