धनगढीमा एमाले नेता महेश बस्नेतविरुद्ध जेनजी युवाहरूको विरोध प्रदर्शन
प्रकाशित मिति
२०८२ मंसिर १० गते, बुधबार १२:४८
मंसिर १०, २०८२ काठमाडौं – नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतविरुद्ध कैलालीको धनगढीमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन्। बुधबार बिहान धनगढी बजार क्षेत्रमा प्लाकार्डसहित युवाहरू सडकमा उत्रिएका हुन्।
जेनजी आन्दोलनका २३ र २४ को आन्दोलनपछि एमाले नेतृत्वको सरकार ढलेयता बस्नेतले जेनजी कार्यकर्ताप्रति कडा र उग्र अभिव्यक्ति दिंदै आएका छन्। त्यसयता जेनजी युवाहरूले पनि विभिन्न स्थानमा बस्नेतको विरोधमा प्रदर्शन गर्दै आएका छन्।
गत ४ मंसिरमा बाराको परवानीपुरमा बस्नेत सहभागी हुने कार्यक्रमबारे थाहा पाएपछि जेनजी युवाहरू सडकमा उत्रिएपछि सिमरा दुई दिनसम्म अशान्त बनेको थियो। ७ मंसिरमा इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बस्नेत सवार गाडीमा दुई जेनजी युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए।
यस्तै मंगलबार सुर्खेतमा पनि बस्नेत सहभागी हुने कार्यक्रमलाई लक्षित गर्दै केही युवाहरूले विरोध प्रदर्शन गरेका थिए।






प्रतिकृया