• २९ भदौ २०८३, सोमबार
  • २ः३१ राती

प्रधानमन्त्री कार्कीको सचिवालयमा हेरफेरको तयारी

प्रकाशित मिति

२०८२ मंसिर १० गते, बुधबार १२:२८

मंसिर १०, २०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयमा हेरफेर गर्ने तयारी गरेकी छन्। सचिवालयका सदस्यहरू एकपछि अर्को विवादमा मुछिँदै गएपछि प्रधानमन्त्रीले संरचनात्मक परिवर्तनको तयारी थालेकी स्रोतहरूले जनाएका छन्।

National Life

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीका प्रमुख राजनीतिक सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलगायत केही व्यक्तिहरू पछिल्ला विवादहरूमा तानिएपछि सचिवालय पुनर्गठनको तयारी गरिएको हो। कार्कीले सर्वोच्च अदालतमा रहँदा नै विवादित बनेका श्रेष्ठलाई सचिवालयमा नियुक्त गरेकी थिइन्।

हालै, श्रेष्ठले आफ्नी श्रीमतिसहित आफन्तलाई प्रधानमन्त्री कार्यालय सचिवालयमा भर्ती गराएको विषय सार्वजनिक भएपछि आलोचना चुलिएको थियो। सुशासनको मुद्दा उठाउँदै, जेनजी आन्दोलनको जगमा प्रधानमन्त्री बनेकी कार्कीको नैतिकतामाथि प्रश्न उठेपछि सचिवालय पुनर्संरचना अनिवार्यजस्तै बनेको बताइन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठ सर्वोच्च अदालतको पेशी व्यवस्थापन शाखामा कार्यरत रहँदा आर्थिक लेनदेनमा संलग्न भएको आरोप पनि लगाइँदै आएको छ।

उक्त विवादहरू निरन्तर सतहमा आउन थालेपछि प्रधानमन्त्री कार्कीले सचिवालय हेरफेरबाट विश्वासनीयता पुनर्स्थापना गर्ने संकेत दिएकी छन्।

प्रतिकृया