• २९ भदौ २०८३, सोमबार
  • २ः२१ दिउँसो

रास्वपाले ७६ जिल्लामा निर्वाचन केन्द्रित प्रतिनिधि खटायो

प्रकाशित मिति

२०८२ मंसिर १० गते, बुधबार ०१:१६

मंसिर १०, २०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै ७६ जिल्लामा प्रतिनिधिहरु खटाएको छ। पार्टीको सांगठनिक अवस्था बुझ्न तथा निर्वाचन तयारीलाई प्रभावकारी बनाउन प्रतिनिधि खटाइएको रास्वपाले जनाएको छ।

National Life

यसका लागि सचिवालय सदस्य, केन्द्रीय सदस्य, विभाग तथा प्रदेशका नेताहरूलाई जिम्मेवारी तोकिनुका साथै उनीहरूलाई जिल्लामा गएर प्रतिवेदन तयार पार्ने कार्यभार दिइएको छ। प्रतिनिधिहरूले जिल्लाको संगठनात्मक सबल–दुर्बल पक्ष, स्थानीय राजनीतिक माहोल तथा पार्टी संरचनासम्बन्धी प्रतिवेदन केन्द्रमा पेस गर्नुपर्नेछ।

रोल्पाका लागि जिम्मेवारी प्राप्त गरेकी क्रान्तिशिखा धितालले यसको उद्देश्य चुनावी माहोल निर्माण गर्न पनि सहयोग पुर्‍याउने बताइन्। “निर्वाचन लक्षित कामका लागि पार्टीले खटाएको हो। जिल्लाको वास्तविक अवस्था बुझेर केन्द्रलाई जानकारी दिनेछौँ,” उनले भनिन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिनिधिहरू कहिलेदेखि खटिने र कति समय रहने भन्ने विवरण भने अझै तोकिएको छैन।

प्रतिकृया