• ३० भदौ २०८३, मंगलबार
  • ९ः५१ राती

प्रवासी तथा गृहजिल्ला बाहिर बस्ने नेपालीलाई मताधिकार सुनिश्चित गर्न नेपाल जेनजी फ्रन्टको माग

प्रकाशित मिति

२०८२ मंसिर ९ गते, मंगलवार ०२:४४

मंसिर ९, २०८२ काठमाडौं – नेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली नागरिक तथा देशभित्र आफ्नो गृहजिल्ला बाहेक अन्य जिल्लामा बसोबास गर्ने नेपालीलाई मताधिकारको व्यावहारिक पहुँच उपलब्ध गराउन माग गर्दै निर्वाचन आयोगमा मागपत्र बुझाएको छ।

National Life

फ्रन्टका अभियान समिति सदस्य अमृता वन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, सदस्यहरू ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण, डायमण्ड शाहीलगायत आयोगमा उपस्थित भएर मागपत्र बुझाएका हुन्। मागपत्र बुझाएपछि कर्णाली प्रदेश सम्पर्क व्यक्ति बोगटीले आयोगमा आफ्नो माग औपचारिक रूपमा दर्ज भएको जानकारी दिइन्।

मागपत्रमा सरकारले कानुनी तथा प्राविधिक कारण देखाएर नागरिकलाई संवैधानिक हकबाट वञ्चित गर्न नहुने उल्लेख गरिएको छ। फ्रन्टले आगामी प्रतिनिधिसभा निर्वाचनबाटै प्रवासी नेपालीलाई मतदान गर्ने व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया