राटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाद्वारा रातो रङ छ्यापिएको
प्रकाशित मिति
२०८२ मंसिर ७ गते, आईतवार ११:३८
मंसिर ७, २०८२ विराटनगर – एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी अभियानमा संलग्न युवाहरूले आज बिहान रातो रङ छ्यापेका छन्। बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन विराटनगरबाट इटहरीतर्फ जाँदै गर्दा दुई युवाले बेलुनमा भरेको रङ उनको गाडीमा फ्याँकेका हुन्।
बस्नेतले विराटनगर–सुनसरी यात्रा क्रममा आफू सवार गाडीलाई रोकाएर युवाहरूले रङ छ्यापेको पुष्टि गरेका छन्। जेनजी अभियानकी अगुवा भावना राउतले सामाजिक सञ्जालमा १७ वर्षे एक युवाले बस्नेतको गाडीमा रातो रङ फ्याँकेको उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, “सहिदलाई ‘आतंककारी’ भन्नेहरूको हातमै रगत छ। राज्यले यस्तो भड्किलो अभिव्यक्ति रोक्न सकेन, न्याय दिन सकेन, जिम्मेवारी लिन सकेन भने यस्तै आक्रोश बढ्दै जानेछ।”
उनका अनुसार सरकारको उदासिनताले युवाहरू सडकमा उत्रिन बाध्य हुने अवस्था सिर्जना हुँदै गएको छ। केही दिनअघि पनि बस्नेत सिमरा जाँदै गर्दा जेनजी युवाहरूले अवरोध गरेको घटना सार्वजनिक भएको थियो।







प्रतिकृया