• २० असोज २०८३, मंगलबार
  • ८ः०३ बिहान

जेन जीलाई नसघायो भनेर बाराका एसपी तानिनु तमासा: ओली

प्रकाशित मिति

२०८२ मंसिर ६ गते, शनिबार ०४:५०

मंसिर ६, २०८२ काठमाडौं — नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बाराका एसपी सन्तोष तामाङलाई हेडक्वार्टर तानिएको निर्णयप्रति तीव्र आपत्ति व्यक्त गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभामा उनले ‘जेन जीलाई सघाएन’ भनेर एसपी हटाइने कार्य गलत भएको दाबी गरे।

National Life

ओलीले बारामा एयरपोर्ट बन्द गराउने कुनै ‘जेन जी’ नआएको भन्दै सरकार अनावश्यक नाटक गरिरहेको आरोप लगाए। उनले सरकारले प्रहरीसमेत एमालेजस्तै देख्न थालेको टिप्पणी गरे।

बाराको सिमरामा भएको झडप र स्थानीय प्रशासनसँगको समन्वयपछि प्रहरी प्रधान कार्यालयले एसपी तामाङलाई हटाएर उनको स्थानमा एसपी नरेन्द्र कुँवरलाई पठाएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया