• २० असोज २०८३, मंगलबार
  • ८ः०३ बिहान

अब मुलुकको जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने बेला आएको छ: प्रचण्ड

प्रकाशित मिति

२०८२ मंसिर ६ गते, शनिबार ०५:०२

मंसिर ६, २०८२ काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशको जिम्मेवारी नयाँ पुस्ता, विशेषतः युवाहरूलाई सुम्पिनुपर्ने आवश्यकता औँल्याएका छन्। पेरिसडाँडामा आयोजित जेनजी कार्यकर्तासँगको संवाद कार्यक्रममा उनले अघिल्लो पुस्ताले वैचारिक र सांस्कृतिक रूपमा युवालाई मार्गदर्शन गर्दै अब नेतृत्व उनैले लिनुपर्ने बताए।

National Life

जेनजी आन्दोलनले देशभर नयाँ उर्जा थपेको उल्लेख गर्दै प्रचण्डले युवाहरूले उठाएका माग सही रहेको र आन्दोलनले जनचेतनामा महत्वपूर्ण मोड ल्याएको बताए। उनले विगतमा आफूहरूले पूरा गर्न नसकेका कामबारे आत्मसमीक्षा गर्दै युवाहरूको स्पिरिटअनुसार नयाँ नेपाल निर्माण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए।

प्रचण्डले आफ्नो राजनीतिक यात्रा पनि स्मरण गर्दै १६ वर्षमै राजनीति सुरु गरेको, युवाहरूको सक्रियतामा सशस्त्र आन्दोलनदेखि २०६२/०६३ को जनआन्दोलन, संविधानसभा, र समावेशी गणतन्त्र स्थापना सम्भव भएको बताए। भ्रष्टाचार नियन्त्रण, सुशासन र वैदेशिक हस्तक्षेपको अन्त्यका युवाहरूका सपनालाई वास्तविकतामा बदल्न आफूहरू तयार रहेको पनि उनले स्पष्ट पारे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया