• २० असोज २०८३, मंगलबार
  • ८ः०४ बिहान

महेश बस्नेतको चेतावनी: जेनजीको नाममा अवरोध भए प्रतिरोध हुन्छ

प्रकाशित मिति

२०८२ मंसिर ५ गते, शुक्रबार १२:५०

मंसिर ५, २०८२ काठमाडौं — एमाले नेता महेश बस्नेतले जेन–जीको नाममा आफ्ना गतिविधिमा अवरोध हुने ठाउँ–ठाउँमा प्रतिरोध गर्ने चेतावनी दिएका छन्। एमालेको ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि बबरमहलमा आयोजित प्रदर्शनको नेतृत्व गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

National Life

बस्नेतले वास्तविक जेन–जीका माग सम्बोधन गर्ने शक्ति एमाले नै भएको दाबी गर्दै जेन–जी आन्दोलनका घाइते र ‘शहीद’लाई न्याय दिन प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक भएको बताए। उनका अनुसार जेन–जीका नाम र ब्यानर प्रयोग गरेर अन्य तत्वहरू सक्रिय छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली आज फोर्सको केन्द्रीय कमाण्ड घोषणा गर्दैछन्। बस्नेतले स्थानीय तहसम्म सुरक्षाका लागि संरचना बनाइने र तोडफोड तथा राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याउने गतिविधिमा ‘टुलुटुलु नबस्ने’ बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया