• २० असोज २०८३, मंगलबार
  • ८ः०२ बिहान

सामाजिक न्याय र समानता पूरा नभएसम्म शान्ति सम्झौताको कार्यान्वयन अधुरो:प्रचण्ड

प्रकाशित मिति

२०८२ मंसिर ५ गते, शुक्रबार १२:३५

मंसिर ५, २०८२ काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा सन्देश जारी गर्दै शान्ति सम्झौताको पूर्ण कार्यान्वयन सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्धा पूरा नभएसम्म सम्भव नरहेको बताएका छन्।

National Life

प्रचण्डले शान्ति सम्झौताले नेपालमा सामन्तवादको अन्त्य, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।

सन्देशमा उनले विगतको गम्भीर समीक्षा गर्दै वर्तमान समाजमा देखा परेका समस्याहरू समाधान गर्न सबै पक्षलाई एकताबद्ध हुन अपिल गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया