• २० असोज २०८३, मंगलबार
  • ८ः०३ बिहान

नेप्से ०.९३ अंकले घट्यो, ४ अर्ब ६८ करोडको कारोबार

प्रकाशित मिति

२०८२ मंसिर ४ गते, बिहीबार ०३:२६

मंसिर ४, २०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.९३ अकंले घटेर २५६०.१५ बिन्द भएको छ । आज ३२८ कम्पनीको १ करोड ४ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

National Life

बिहिबार ७ कम्पनीको शेयर मूल्य घटेको छ । आज वाणिज्य बैंक समूहको ०.३४ प्रतिशत, विकास बैंक समूहको ०.०८ प्रतिशत, फाइनान्स समूहको ०.७१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५२ प्रतिशत र जीवन बीमा समूहको ०.०६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

यसदिन ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयर मूल्य आज स्थिर रहेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया