जेनजी समूहको राष्ट्रपति समक्ष आग्रह : प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाई नयाँ सरकार गठन गरियोस्
प्रकाशित मिति
२०८२ मंसिर ४ गते, बिहीबार ०३:१९
मंसिर ४, २०८२ काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनका अपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै २३ जेनजी समूहले सरकार फिर्ता बोलाउन माग गरेका छन्। बिहीबार उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाउँदै नयाँ सरकार गठन प्रक्रियामा राष्ट्रपति स्वतः मध्यस्थता गर्नुपर्ने माग राखेका हुन्।
राष्ट्रपति समक्ष बुझाइएकाे उक्त ज्ञापनपत्रमा सहभागीमध्ये धेरैजसो राजावादी धारका जेनजी समूह रहेको स्रोतले जनाएको छ।
जेनजी समूहले भदौ २३ र २४ मा भएको जेनजी विद्रोहकै जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले भ्रष्टाचार विरोधी अभियान, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री व्यवस्था लागु गर्ने संविधान संशाेधन, आन्दोलनमा दमन गर्ने माथि कारबाही, घाइतेहरूको उपचार तथा शहीद परिवारलाई क्षतिपूर्तिकोलगायतका न्यूनतम अपेक्षा समेत पूरा नगरेको आरोप लगाएका छन्।








प्रतिकृया