• २० असोज २०८३, मंगलबार
  • ८ः०३ बिहान

नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त

प्रकाशित मिति

२०८२ मंसिर ४ गते, बिहीबार ०२:२३

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सञ्चालक समितिमा प्रतिनिधि परिवर्तन भएको छ। नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले समूह ‘क’ (संस्थापक समूह) अन्तर्गत मनोनयन गर्ने सदस्य परिवर्तनका लागि पठाएको पत्रबमोजिम कम्पनीको सञ्चालकमा नयाँ सदस्य नियुक्त गरिएको हो।

National Life

मन्त्रालयले सहसचिव अरुणा जोशीलाई नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ। नियमावलीको नियम १२ को खण्ड (छ) समूह ‘क’ (संस्थापक समूह) ३ अनुसार नेपाल सरकारबाट प्रतिनिधि रहने व्यवस्था भएपछि मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार जोशीको नियुक्ति गरिएको हो।

नवनियुक्त सदस्य जोशीले गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन्। उनले यसअघि सञ्चालक रहेका  कोमल बहादुर खत्रीको स्थान लिनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया