• २० असोज २०८३, मंगलबार
  • ८ः०३ बिहान

प्रधानमन्त्रीले किन बोलाइन् सुरक्षा परिषद् बैठक ?

प्रकाशित मिति

२०८२ मंसिर ४ गते, बिहीबार ०२:२०

मंसिर ४, २०८२ काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा उत्पन्न भएको सुरक्षाजन्य परिस्थितिबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन्। बैठक बिहीबार दिउँसो २:३० बजे सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा बस्ने तय भएको छ।

National Life

यसअघि बुधबार साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको थियो। त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले आज बिहान नै मातहतका सबै सुरक्षा निकायका प्रमुखहरूसँग सिंहदरबारमा छुट्टै बैठक गरी स्थितिबारे ब्रिफिङ लिएका थिए।

बुधबार जेनजी युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा तोडफोड तथा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। एमाले नेताहरू विमानस्थल हुँदै आउने जानकारी सार्वजनिक भएपछि विरोधमा उत्रिएका युवाहरूले गरिएको प्रदर्शन नियन्त्रणबाहिर गएको थियो। स्थिति नियन्त्रणमा लिन बुधबार साँझ ८ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

आज पनि अवस्था तनावपूर्ण बनेपछि पुनः कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

उता, बढ्दो सुरक्षा चुनौतीप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले शान्ति–सुरक्षा मजबुत बनाउन आवश्यक सबै कदम चाल्न आग्रह गरेको छ।

प्रतिकृया