• २० असोज २०८३, मंगलबार
  • ९ः१८ बिहान

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा थप मिसिल झिकाउने उच्च अदालतको आदेश

प्रकाशित मिति

२०८२ कार्तिक २७ गते, बिहीबार ०५:३४

कात्तिक २७, २०८२ काठमाडौं— सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवलले मिसिल झिकाउने आदेश दिएको छ। न्यायाधीशद्वय ओमप्रकाश अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले बिहीबार ९१३ कात्तिक० थप प्रमाण आवश्यक ठहर गर्दै सम्बन्धित मिसिल झिकाउन आदेश दिएको हो।

National Life

यसअघि २० कात्तिकमा बसेको इजलासले प्रारम्भिक रूपमा मुद्दाको सुरु मिसिल मगाउन आदेश दिएको थियो। तर, पछिल्लो आदेशमा अदालतले थप प्रमाणका लागि अन्य मिसिलहरू पनि झिकाउन निर्देशन दिएको हो।

अदालतको यो आदेशपछि मुद्दाको प्रक्रिया अझै विस्तृत हुने देखिएको छ। लामिछाने र जोशीविरुद्ध सहकारीको रकम दुरुपयोग र ठगी आरोपमा मुद्धा चलिरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया