• २० असोज २०८३, मंगलबार
  • ९ः१६ बिहान

गृहमन्त्री अर्यालले दल खोल्ने वा चुनाव लड्ने तयारी नभएको स्पष्ट पारे

प्रकाशित मिति

२०८२ कार्तिक २७ गते, बिहीबार ०३:४८

कात्तिक २७, २०८२ काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले राजनीतिक दल खोल्ने वा आगामी निर्वाचनमा चुनाव लड्ने कुनै योजना नराखेको स्पष्ट पारेका छन्।

National Life

बिहीबार राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसद किरणबाबु श्रेष्ठले सोधेका प्रश्नको जवाफ दिँदै उनले भने,“म दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ।”

बैठकका क्रममा गृहमन्त्री अर्यालले संविधानको शपथअनुसार काम गर्ने र त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याए। उनले संविधानमा सुधार आवश्यक भए त्यसको प्रक्रिया संसद्‌मार्फतै हुनुपर्नेमा जोड दिए।

Classic Tech Mobile
Classic Tech Desktop

“जसले अरू कुरा गर्नुहुन्छ, उहाँहरूलाई संविधानको बाटोमा आउन हामीले आग्रह गरेका छौँ,” उनले थपे। गृहमन्त्री अर्याल आज समितिमा मुलुकको समग्र शान्ति–सुरक्षा अवस्था र सरकारले गरिरहेको निर्वाचन तयारीबारे जानकारी गराउन उपस्थित भएका थिए।

प्रतिकृया