• २० असोज २०८३, मंगलबार
  • ९ः१६ बिहान

पुँजी बजारमा झिनो सुधार

प्रकाशित मिति

२०८२ कार्तिक २७ गते, बिहीबार ०३:२४

कात्तिक २७, २०८२ काठमाडौं— बुधबार दोहोरो अंकले घटेको नेपाल पुँजी बजार आज (बिहीबार) झिनो सुधारसहित बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ०.३१ अंकले बढेर २५४४.९१ बिन्दुमा पुगेको छ। आज ३२९ कम्पनीका ७६ लाख ५ हजार कित्ता शेयर कारोबार हुँदा कुल ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

National Life

६ उपसूचक घटेका छन् भने ७ उपसूचकमा वृद्धि भएको छ। आज निर्जीवन बीमा समूह सर्वाधिक घट्दा व्यापार समूहमा सुधार देखिएको छ।

लगातारको उतार–चढाव, राजनीतिक अस्थिरता र बैंकहरूको नाफा घट्दै गएपछि लगानीकर्ताको मनोबल कमजोर बनेको विश्लेषकहरूको भनाइ छ। बजारमा सुधारका संकेत देखिए पनि स्थायित्व आउन अझ समय लाग्ने देखिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया