• १९ भदौ २०८३, शुक्रबार
  • ७ः५१ बेलुका

धौलागिरि अञ्चल अस्पतालको भवन उद्घाटन

प्रकाशित मिति

२०७६ आश्विन १४ गते, मंगलवार ०२:५२

गलकोट, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले धौलागिरि अञ्चल अस्पताल बागलुङको सुविधा सम्पन्न ‘बी’ ब्लक भवनको मंगलबार उद्घाटन गरेका छन् ।

विसं २०६६ वैशाख १ गते दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरी आशिश, मिलेनियम, भीमज्योति, जयबाबा गोरख र नयाँबाटो निर्माण सेवाले जिम्मा लिएको ‘बी’ ब्लकको हालै मात्र निर्माण सम्पन्न भएको छ । सो भवन रु छ करोड ६० लाख ३९ हजार २१४ लागतमा निर्माण सम्पन्न भएको आयोजना कार्यान्वयन एकाइ कास्कीले जनाएको छ । तीन तले सुविधा सम्पन्न उक्त भवनमा ३२ वटा कोठा रहेका छन् । सो अवसरमा मन्त्री पुनले प्रदेश सरकारले जनताको स्वास्थ्यप्रति निकै संवेदनशील भएर स्वास्थ्य क्षेत्रमा बढी लगानी गरिरहेको बताए ।

Kamana Sewa

Classic Tech Desktop

 

उहाँले गण्डकी प्रदेशको पहलमा जनताले सरकारी अस्पतालबाटै आधारभूत स्वास्थ्य सेवा पाउने वातावरण तयार गरिएको उल्लेख गर्दै प्रदेश सरकार मातहतमा रहेका दश अस्पतालमध्ये उत्कृष्ट अस्पताल बन्ने गरी धौलागिरि अञ्चल अस्पताल अगाडि बढेको जानकारी दिए । यस वर्ष अस्पतालको उपकरण खरीदका लागि प्रदेश सरकारले रु छ करोड बजेट विनियोजन गरेको पनि उहाँले जानकारी दिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले भवन निर्माणसँगै बिरामीको उपचारमा सहज हुने बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले यो भवनबाट फार्मेसी, प्रयोगशाला, निःशुल्क औषधि वितरण कक्ष, टिकट काउन्टर, हाड जोर्नी तथा नसा रोग विभाग, नाक कान घाँटी रोग विभाग, सर्जरी विभाग, सामान्य उपचार सेवा, भिडियो एक्सरे सेवा विभाग, दन्त सेवा, बालरोग विभाग, स्त्री तथा प्रसूतिलगायतका सेवा प्रदान गर्न थालिएकोे जानकारी दिए ।

प्रतिकृया