• २० असोज २०८३, मंगलबार
  • ९ः१९ बिहान

रमेश लेखकको स्पष्टिकरण : गोली चलाउने आदेश मैले दिएको होइन, जेन जी आन्दोलनको दमनको जिम्मेवारी म लिँदिन

प्रकाशित मिति

२०८२ कार्तिक २६ गते, बुधबार ०४:५९

कात्तिक  २६, २०८२ काठमाडौं— नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी आफूले नलिने बताएका छन्।

National Life

बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै लेखकले उक्त घटनामा प्रहरीलाई गोली चलाउने आदेश आफूले नदिएको स्पष्ट पारेका हुन्।

‘प्रधानमन्त्री र मन्त्रीले त्यो आदेश दिने विषय पनि होइन, दिनु पनि पर्दैन,’ लेखकले बैठकमा भने, ‘मैले क्याजुलिटी नहोस् भनेर २२ गते साँझको मिटिङमै भनेको थिएँ। अर्को दिन बिहान पनि गृहसचिव र दुवै प्रहरीका आईजीपीलाई पटक–पटक भनेको छु — क्याजुलिटी कुनै हालतमा हुन हुन्न।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले थपे, ‘त्यो कुरा नेपाल प्रहरीका महानिरीक्षकले पनि सञ्चारमाध्यममा बताइसकेका छन्।’ पूर्वगृहमन्त्री लेखकले त्यस समय आफूले संवेदनशीलता र संयम अपनाउन निर्देशन दिएको भए पनि घटनामा अनावश्यक बल प्रयोग भएकोप्रति दुःख प्रकट गरेका छन्।

प्रतिकृया