• २० असोज २०८३, मंगलबार
  • ९ः१९ बिहान

सरकारद्वारा पाँच जना सचिवको सरुवा, को कहाँ ?

प्रकाशित मिति

२०८२ कार्तिक २६ गते, बुधबार ०३:३८

कात्तिक  २६, २०८२ काठमाडौं— सरकारले पाँच जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार विभिन्न मन्त्रालय र प्रदेशमा कार्यरत सचिवहरूको जिम्मेवारी परिवर्तन गरिएको हो।

National Life

बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गरिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशका प्रमुख सचिवलाई बागमती प्रदेशमा पठाइएको छ भने कृष्णप्रसाद काप्रीलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ।

यसैगरी, कमल पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ भने बैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पठाइएको सरकार स्रोतले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरुवासँगै प्रदेश र संघीय तहमा प्रशासनिक समायोजनलाई प्रभावकारी बनाउने सरकारको तयारी रहेको बताइएकाे छ।

प्रतिकृया