• २० असोज २०८३, मंगलबार
  • ९ः२० बिहान

सोनापुर मिनरल एण्ड आयलले ८६ लाख बुझायो, विद्युत् पुनःजोडियो

प्रकाशित मिति

२०८२ कार्तिक २६ गते, बुधबार ०१:०९

कात्तिक  २६, २०८२ दाङ । सोनापुर मिनरल एण्ड आयल लिमिटेडले नेपाल विद्युत् प्राधिकरणलाई ट्रंक तथा डेडिकेटेड महसुलबापतको बक्यौता बुझाएको छ। दाङको घोराहीस्थित उक्त उद्योगले मंगलबार पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ तिरेको हो।

National Life

प्राधिकरणका अनुसार उद्योगले बक्यौता बुझाएसँगै काटिएको विद्युत् लाइन सोही दिनदेखि पुनःजोडिएको छ। सोनापुर मिनरल एण्ड आयल लिमिटेडको विद्युत् महसुल बक्यौता २४ करोड २९ लाख ९९ हजार रुपैयाँ रहेकोमा उक्त रकमलाई २८ किस्तामा विभाजन गरिएको प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणले हाल उद्योगहरूबाट बक्यौता असुली अभियान सञ्चालन गरिरहेको छ। उक्त अभियान अन्तर्गत उद्योगहरूले किस्ताबन्दीमा रकम बुझाउन थालेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया