• १६ असोज २०८३, शुक्रबार
  • १२ः५५ दिउँसो

गतिशील लोकतान्त्रिक पार्टी’लाई निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र

प्रकाशित मिति

२०८२ कार्तिक २४ गते, सोमबार ०३:४०

कात्तिक २४, २०८२ काठमाडौं— व्यवसायी वीरेन्द्रबहादुर बस्नेत र समाजशास्त्री दिनेश प्रसाईं संलग्न ‘गतिशील लोकतान्त्रिक पार्टी’ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। पार्टीले गत ३० असोजमा दर्ताका लागि निवेदन दिएको थियो। आयोगमा दर्ता भएको पार्टीमा दिनेश प्रसाईं अध्यक्ष र पियुषप्रसाद कायस्थ महासचिव छन्, भने व्यवसायी बस्नेत सदस्य रहेका छन्।

National Life

पार्टीका प्रतिनिधिहरूले सोमबार आयोग पुगेर प्रमाणपत्र लिएपछि बस्नेतले भने, “हामी राजनीतिमा सेवा गर्न आएका हौं, राष्ट्रलाई सही दिशामा अघि बढाउन आवश्यक छ।”

पार्टीको विधानअनुसार पदाधिकारीहरूले चुनाव नलड्ने व्यवस्था गरिएको छ, तर बस्नेत सदस्य भएकाले उम्मेदवारी दिन सक्नेछन्। गतिशील लोकतान्त्रिक पार्टीले नियमसंगत र उत्तरदायी राजनीतिक संस्कार विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया