• ११ असोज २०८३, आइतबार
  • ३ः०२ राती

स्टार्टअप व्यवसायका लागि कर्जा आवेदन खुल्यो

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार ११:५५

काठमाडौं — सरकारले स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्दै परियोजना प्रस्ताव आह्वान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाको प्रस्तावमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार सूचना जारी गर्दै इच्छुक उद्यमीहरूलाई आवेदन दिन अनुरोध गरेको हो।

National Life

यस ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि’ अनुसार, आवेदन पेश गर्न इच्छुक उद्यमीहरूले २१ दिनको समयभित्र प्रस्ताव बुझाउन सक्नेछन्। आवेदन दिने उद्यमीहरूले कार्यविधिको दफा ४ मा उल्लेखित योग्यता मापदण्ड पूरा गरेको हुनुपर्नेछ।

आवेदकहरूले सम्बन्धित क्षेत्रमा नवीनतम ज्ञान, रचनात्मक सोच, विशेष सीप र क्षमता भएको हुनुपर्ने प्रावधान राखिएको छ। परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार गरेर अनलाइन माध्यमबाट पेश गर्न सकिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

संशोधित कार्यविधिअनुसार, चालू आर्थिक वर्षमा एक जना स्टार्टअप उद्यमीले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन्। यसअघि सरकारले स्टार्टअपहरूलाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको थियो।

प्रतिकृया