• ९ असोज २०८३, शुक्रबार
  • ६ः३० बेलुका

नागरिक एपमा ड्राइभिङ लाइसेन्स फिचर फिर्ता

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार १२:२३

कात्तिक १८, २०८२ काठमाडौं—  नागरिक एपबाट गायब भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) फिचर मङ्गलबारदेखि फिर्ता आएको छ। यसअघि जेनजी प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर ध्वस्त भएपछि उक्त फिचर अनुपलब्ध भएको थियो।

National Life

अब ट्राफिक जाँचको क्रममा नागरिक एपमा लाइसेन्स देखाए पुग्ने भएको छ। साथै ट्राफिक नियम उल्लङ्घन गरेपछि लिइने सचेतना कक्षा पनि एपमार्फतै लिन सकिने भएको छ। यदि मोबाइलमा लाइसेन्स नदेखिएमा एप पुनः सुरु  (AppRestart) गर्न नागरिक एपले अनुरोध गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया