रामकुमारी झाँक्रीको घोषणा — ‘एकीकृत समाजवादीसँगको यात्रा टुंगियो’
प्रकाशित मिति
२०८२ कार्तिक १९ गते, बुधबार ११:३८
कात्तिक १८, २०८२ काठमाडौं— नेकपा (एकीकृत समाजवादी)की संस्थापक नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो राजनीतिक यात्रा टुंगिएको घोषणा गरेकी छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “हाम्रो समाजवादी पार्टी विघटनमा गइसकेको छ, त्यससँगै हाम्रो यात्रा पनि समाप्त भएको छ।”
नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने अध्यक्ष माधवकुमार नेपालको निर्णयप्रति असहमति जनाउँदै झाँक्रीसहित किसान श्रेष्ठलगायत नेताहरूले नयाँ राजनीतिक बाटो रोज्ने संकेत दिएका हुन्।
झाँक्रीले भनिन्, “एकीकृत समाजवादी गठनका प्रारम्भिक दिनमा हामीले ठूलो अभियानको विश्वासका साथ यात्रा सुरु गरेका थियौं, तर त्यो सम्भावना अब समाप्त भएको छ।” उनले अवरुद्ध यात्रालाई पज गरेर नयाँ मार्ग प्रशस्त गर्नुपर्ने बताइन्।
पत्रकार सम्मेलनमा बोल्दै नेता किसान श्रेष्ठले आफूहरू नि:शर्त एमालेमा फर्किने घोषणा गरे। उनले भने, “हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए, सम्मानजनक व्यवहार गरिदिए पुग्छ।”








प्रतिकृया