• १ असोज २०८३, बिहीबार
  • १ः१२ राती

मध्यराति आपत्तिजनक स्ट्याटस लेखेपछि मेयर बालेन विवादमा, आलोचना पछि स्ट्याटस हटाए

प्रकाशित मिति

२०८२ कार्तिक १६ गते, आईतवार ०९:२३

कात्तिक  १६, २०८२ काठमाडौं— काठमाडौं महानगरका मेयर बालेन शाह फेरी विवादमा परेका छन्। शनिबार मध्यराति उनले आफ्नो फेसबुक पेजमार्फत आपत्तिजनक शब्द प्रयोग गरी एक स्ट्याटस पोष्ट गरेपछि उनको आलोचना सुरु भएको छ। तीव्र प्रतिक्रिया आएपछि केही समयमै उनले उक्त स्ट्याटस हटाएका छन्।

National Life

हटाइएको स्ट्याटसको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। सो स्ट्याटसमा बालेनले छिमेकी देश भारत, चीन र अमेरिका साथै नेपालका प्रमुख राजनीतिक दलहरू — कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपा — माथि तीव्र शब्दमा असन्तुष्टि जनाउँदै अश्लील शब्द प्रयोग गरेका थिए। उनले यी दलहरू “मिलेर पनि केही गर्न नसक्ने” भन्दै तीव्र टिप्पणी गरेका थिए।

बालेनको उक्त पोस्टपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ। धेरैले मेयरको हैसियतमा यस्तो अभिव्यक्ति अनुचित भएको भन्दै आपत्ति जनाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

हालै जेनजी आन्दोलन सँग सम्बन्धित विवादमा तानिएका बालेनमाथि युवाहरूलाई आन्दोलनमा उक्साएर आफू पछाडि बस्ने गरेको आरोप लाग्दै आएको छ। त्यस्तै, उनले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको तर त्यस सरकारको कामप्रति असन्तुष्ट भएको चर्चा पनि भइरहेका छन्।

त्यससँगै, केही मिडियाले बालेनले प्रधानमन्त्रीलाई गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिएको दाबीसमेत गरेका छन्। यी सबै घटनाक्रमबीच उनको पछिल्लो फेसबुक पोस्टले उनलाई फेरी विवादको केन्द्रमा ल्याएको छ।

प्रतिकृया