५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु
प्रकाशित मिति
२०८२ कार्तिक २ गते, आईतवार ०९:४६
कात्तिक २,२०८२ काठमाडौं– वर्षौंदेखि सडक र पुल निर्माणको ठेक्का लिई काम नगरेर अलपत्र पारेका ५० ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्गलगायत सडक विभागअन्तर्गतका विभिन्न कार्यालयहरूले रुग्ण ठेक्काहरू तोड्न सार्वजनिक सूचना जारी गरेका छन्।
सबैभन्दा धेरै जनकपुर सडक डिभिजनले २१ ठेक्का तोड्ने तयारी गरेको छ भने काठमाडौंले ७, ओखलढुङ्गा र अछामले ५/५, दमौली र पाल्पाले ४/४ ठेक्का तोड्न लागेका छन्। हाल देशभर २५८ ठेक्का रुग्ण अवस्थामा छन्।
निर्माण कार्य समयमा नगरेको, म्याद पटक–पटक थप्दा पनि काम नगरेको र कार्यस्थलमा उपस्थित नभएको आधारमा ठेक्का उल्लंघन भएको ठहर गर्दै स्पष्टीकरण मागिएको छ। १५ दिनभित्र विश्वसनीय कार्यतालिका र योजना नदिए ठेक्का तोड्ने, जमानत जफत गर्ने र कालोसूचीमा राख्ने चेतावनी दिइएको छ।
Related
Recent News
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
- बिग्रिएका सडकको गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
- करदाता प्रोत्साहन उपहारमा दुई जनाले जिते १०–१० लाख, ३१ जनालाई १ लाख
- दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
- सिद्धार्थ बैंकले घोषणा गर्यो २० प्रतिशत लाभांश
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया