• १ असोज २०८३, बिहीबार
  • १२ः५८ दिउँसो

५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

प्रकाशित मिति

२०८२ कार्तिक २ गते, आईतवार ०९:४६

कात्तिक २,२०८२ काठमाडौं– वर्षौंदेखि सडक र पुल निर्माणको ठेक्का लिई काम नगरेर अलपत्र पारेका ५० ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्गलगायत सडक विभागअन्तर्गतका विभिन्न कार्यालयहरूले रुग्ण ठेक्काहरू तोड्न सार्वजनिक सूचना जारी गरेका छन्।

National Life

सबैभन्दा धेरै जनकपुर सडक डिभिजनले २१ ठेक्का तोड्ने तयारी गरेको छ भने काठमाडौंले ७, ओखलढुङ्गा र अछामले ५/५, दमौली र पाल्पाले ४/४ ठेक्का तोड्न लागेका छन्। हाल देशभर २५८ ठेक्का रुग्ण अवस्थामा छन्।

निर्माण कार्य समयमा नगरेको, म्याद पटक–पटक थप्दा पनि काम नगरेको र कार्यस्थलमा उपस्थित नभएको आधारमा ठेक्का उल्लंघन भएको ठहर गर्दै स्पष्टीकरण मागिएको छ। १५ दिनभित्र विश्वसनीय कार्यतालिका र योजना नदिए ठेक्का तोड्ने, जमानत जफत गर्ने र कालोसूचीमा राख्ने चेतावनी दिइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया