• १ असोज २०८३, बिहीबार
  • ८ः०१ बिहान

एमाले केन्द्रीय कमिटी बैठकको आज तेस्रो दिन, १५० सदस्य धारणा राख्दै

प्रकाशित मिति

२०८२ आश्विन ३१ गते, शुक्रबार ०९:५७

असोज ३१,२०८२ काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठककोआज तेस्रो दिनको कार्यसूचीअनुसार आज १५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्दैछन्। ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा तीन दिनदेखि बैठक जारी छ।

National Life

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावमाथि छलफल जारी छ। केन्द्रीय सदस्यहरूले उक्त प्रस्तावमा आ–आफ्ना विचार व्यक्त गरिरहेका छन्। हरेक सदस्यलाई धारणा राख्न तीन मिनेटको समय तोकिएको छ भने बोल्ने पालो वर्णानुक्रम अनुसार उल्टो (ज्ञ) बाट सुरु गरिएको छ।

बैठकको सुरुमा अध्यक्ष ओलीले आउँदो मंसिर २७ देखि २९ गतेसम्म पोखरामा एमालेको ११औँ महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथिको छलफलपछि पदाधिकारीहरूले धारणा राख्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

बैठक आजै अन्त्य गर्ने तयारी गरिएको छ भने अन्तिममा अध्यक्ष ओलीले समग्र छलफलप्रति जवाफ दिने कार्यक्रम रहेको छ।

प्रतिकृया