• २० असोज २०८३, मंगलबार
  • ३ः१७ दिउँसो

चुनाव गराउने मनसाय थिएन: एमाले नेता सूर्य थापा

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार ०९:५८

असोज २३, २०८२ काठमाडौं–  नेकपा एमालेका नेता सूर्य थापाले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालमाथि तीव्र आलोचना गरेका छन्।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले “अनिर्वाचित र असंवैधानिक” सरकारको नेतृत्वमा रहेका व्यक्तिहरूको चुनावप्रतिको प्रतिबद्ध ता नहुने टिप्पणी गरेका हुन्।

National Life

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न जारी गरिएको आदेशलाई गैरकानुनी भन्दै, लोकतन्त्रमा यस्तो ‘हुल अफ ल’ (rule of law विपरीत आदेश) स्वीकार्य नहुने बताएका छन्।

थापाका अनुसार चारवटा सुरक्षा निकायका प्रमुखहरूले उक्त आदेश अस्वीकार गरिसकेका छन् भने, गैरकानुनी आदेशलाई अदालतले चुनौती दिने, परीक्षण गर्ने र खारेज गर्ने प्रक्रिया हुन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

थापाले सुशीला कार्की, ओमप्रकाश अर्याल, काठमाडौंका मेयर बालेन शाह र नेता सुदीप (सुदने) को नाम उल्लेख गर्दै ‘दलाई लामा ग्याङ’को संज्ञा दिएका छन् र जनताले यिनलाई चाँडै जवाब दिने दाबी गरेका छन्।

प्रतिकृया