• २० असोज २०८३, मंगलबार
  • ७ः११ बेलुका

दसैं अवधिमा एक करोड बढीको खाद्यान्न बिक्री

प्रकाशित मिति

२०८२ आश्विन २२ गते, बुधबार ०१:५५

असोज २२, २०८२ सुर्खेत – कर्णाली प्रदेशस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले दसैं लक्षित सुपथ मूल्य पसलमार्फत दुई सातामा एक करोड १३ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ। भदौ ३० गतेदेखि संचालनमा ल्याइएको सुपथ मूल्य पसलमा दसैंको अवधिमा दैनिक औसत १५ लाख रुपैयाँ बराबरको खाद्यान्न बिक्री भएको कम्पनीका प्रादेशिक प्रमुख केशवराज बुढाले जानकारी दिए। यसअघि दैनिक करिब एक लाखको दरले मात्र बिक्री हुँदै आएको थियो।

National Life

दसैं तथा तिहारलाई लक्षित गर्दै सहुलियत दरमा बिक्री सुरु गरेपछि कारोबार १० गुणाले वृद्धि भएको बुढाको भनाइ छ। उनका अनुसार चाडपर्वलाई लक्षित गर्दै कम्पनीले १५ हजार ५०० क्विन्टल चामल, १७ हजार क्विन्टल चिनी र २२ हजार लिटर तेल को कोटा निर्धारण गरेको छ।

बुढाले पछिल्लो समय फोर्टिफाइड ९सुदृढ० चामलप्रति उपभोक्ताको आकर्षण बढेको बताए। यस चामलमा आइरन, जिङ्क, भिटामिन ब्, द्य–ज्ञद्द, फोलिक एसिडलगायतका पौष्टिक तत्व मिसाइएको हुन्छ। सरकारले कुपोषण न्यूनीकरणका लागि कर्णालीका ९ जिल्लामा एक लाख क्विन्टल खाद्यान्न अनुदानको व्यवस्था गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

व्यापार कम्पनीका सूचना अधिकारी शोभा रेग्मीका अनुसार भदौ ३० यता मात्रै ८३५ क्विन्टल चामल, १३१।११ क्विन्टल चिनी र १८ हजार ६६० लिटर तेल बिक्री भइसकेको छ। सहुलियत दरमा खाद्य वितरण सेवा कात्तिक १० गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ।

प्रतिकृया