• २० असोज २०८३, मंगलबार
  • ३ः१७ दिउँसो

छुट्ला है ! एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ आश्विन २१ गते, मंगलवार ०९:३२

असोज २१, २०८२ काठमाडौं- एसवाई प्यानल नेपाल लिमिटेडले निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) अन्तर्गत उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले असोज ७ गतेदेखि आवेदन खुला गरेको थियो भने आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

National Life

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो। त्यसअनुसार पहिलो चरणमा विदेशमा रोजगारमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता र उद्योग प्रभावित क्षेत्रका लागि २ लाख ६१ हजार ६२७ कित्ता शेयर जारी गरिएको थियो। वैदेशिक रोजगार श्रमिकका लागि आवेदन प्रक्रिया असोज १० गते नै सकिएको छ।

उद्योग प्रभावितका लागि खुला गरिएको आईपीओमा चितवन जिल्लाको रत्ननगर नगरपालिका अन्तर्गत सबै वडाका बासिन्दाहरूले आवेदन दिन सक्ने छन्। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। आईपीओ निष्कासन तथा बाँडफाँडको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। पहिलो चरणको बाँडफाँड सम्पन्न भएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले समयमै शेयर बाँडफाँड र दोस्रो चरणको निष्कासन प्रक्रिया अघि बढाउने जनाएको छ। उद्योग प्रभावित क्षेत्रका नागरिकलाई आजको दिन नछुटाई आवेदन दिन

प्रतिकृया