• २० असोज २०८३, मंगलबार
  • ३ः२० दिउँसो

सरकारी विदाका कारण आज र भोलि शेयर बजार बन्द, बैंक सेवा पनि सीमित

प्रकाशित मिति

२०८२ आश्विन १९ गते, आईतवार ०९:१०

असोज १९,२०८२ काठमाडौं- नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि आज (शनिबार) र भोलि (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द रहने भएको छ। दशैं मनाएर घर गएका कर्मचारीहरू फर्कने क्रममा परेको अविरल वर्षाका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै विपद् व्यवस्थापन समितिको निर्णयअनुसार दुई दिन सार्वजनिक विदा दिइएको हो।

National Life

सरकारी विदा परेका दिन र शुक्रबार शेयर कारोबार नहुने नेपालमा प्रचलन भएकाले आज र भोलि नेप्सेमा कारोबार हुने छैन।यता, बैंक तथा बीमा कम्पनीहरूले आपतकालीन सेवा मात्र दिने जनाएका छन्। अधिकांश कर्मचारीहरू कार्यस्थलमा फर्किन नसकेको र सीमित शाखाबाट मात्र सेवा प्रवाह हुने व्यवस्था मिलाइएको बैंकहरूले जनाएका छन्।

अविरल वर्षा र यसको प्रभावका कारण देशभरको जनजीवन प्रभावित भइरहेका बेला वित्तीय क्षेत्र पनि प्रभावित बनेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया