• २० असोज २०८३, मंगलबार
  • ३ः१७ दिउँसो

पानी रोकिएसँगै काठमाडौँ भित्रिने र बाहिरिने सडक खोल्ने तयारी, बीपी राजमार्ग अझै अवरुद्ध

प्रकाशित मिति

२०८२ आश्विन १९ गते, आईतवार १०:००

असोज १९,२०८२ काठमाडौं- लगातारको अविरल वर्षापछि देशभरको मौसममा सुधार आउन थालेसँगै सरकारले काठमाडौँ भित्रिने र बाहिरिने सडक मार्गहरू खोल्ने तयारी गरेको छ। बीपी राजमार्गबाहेक अन्य प्रमुख सडकखण्डहरूमा यातायात सञ्चालन गर्ने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

National Life

जल तथा मौसम विज्ञान विभागले पश्चिमतर्फ मौसममा सुधार देखिएको र ठूलो वर्षा हुने सम्भावना नभएको पुष्टि गरेपछि यातायात सहज बनाउन सरकारले तयारी अघि बढाएको हो। “काठमाडौँ–नारायणगढ र काठमाडौँ–पोखरा सडक खण्डमा साना पहिरो हटाउने काम भइरहेको छ,” मन्त्रालय स्रोतले जानकारी दियो, “ती हटाइएपछि पश्चिमतर्फका मार्गहरू खोलिनेछन्।”

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार ठूलो पानी पार्ने प्रणाली अहिले मध्यक्षेत्रबाट बाहिरिसकेको छ र आज दिउँसोबाट पूर्वी क्षेत्रमा पनि प्रणाली निष्क्रिय हुने सम्भावना छ। उनले पश्चिम क्षेत्रमा मौसम पूर्वानुमानभन्दा छिटो सुधार आएको भन्दै सडक सञ्चालनको अवस्था अनुकूल रहेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले असोज १८, १९ र २० गते काठमाडौं आउजाउमा रोक लगाएको थियो। अविरल वर्षा र पहिरोका कारण जोखिम बढेपछि यस्तो निर्णय गरिएको थियो।

यता, हिजोदेखि प्रभावित भएको आन्तरिक हवाई सेवा भने आज बिहानदेखि पुनः सञ्चालनमा आइसकेको छ।

प्रतिकृया