• २० असोज २०८३, मंगलबार
  • ३ः१७ दिउँसो

प्रधानमन्त्री कार्कीले गरिन् तीन सल्लाहकार नियुक्त

प्रकाशित मिति

२०८२ आश्विन १३ गते, सोमबार ०७:१०

असोज १३, २०८२ काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयलाई व्यवस्थित बनाउन तीन जना सल्लाहकारको नियुक्ति गरेकी छन्। उनले विभिन्न क्षेत्रका विज्ञहरूलाई सल्लाहकारका रूपमा नियुक्त गर्दै सचिवालयलाई प्रभावकारी बनाउने संकेत दिएकी छन्।

National Life

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। खनाल ‘द हिमालयन टाइम्स’ दैनिकका पूर्व सम्पादक हुन् र सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनको अनुभवबाट प्रधानमन्त्रीले नीति निर्माण तथा सञ्चारसम्बन्धी सल्लाह पाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिवको रूपमा आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन्। समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ हाल कानुन संकायमा स्नातकोत्तर अध्ययनरत छन्। उनले न्यायपालिकामा लामो समय काम गर्दै तीन जना पूर्वप्रधान न्यायाधीश — रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्की — का निजी सहायकका रूपमा कार्य गरिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्। तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन्, जुन संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा स्थापना गरिएको हो।

प्रतिकृया