• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

पाकिस्तानका प्रधानमन्त्रीको दाबी: ट्रम्पले नरोकेको भए भारतसँग विनाशकारी युद्ध हुनेथियो

प्रकाशित मिति

२०८२ आश्विन ११ गते, शनिबार १०:०८

असोज ११, २०८२ काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँगको सम्भावित युद्ध रोक्न निर्णायक भूमिका खेलेको बताएका छन्। उनले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि योग्य ठान्ने समेत आग्रह गरेका छन्।

शरीफले भने, “यदि अमेरिकी राष्ट्रपति ट्रम्पले भारत–पाकिस्तान तनावमा दखल दिएका नभए युद्धको परिणाम विनाशकारी हुन सक्थ्यो। त्यसैले भारत–पाकिस्तानबीच युद्ध रोक्न ट्रम्प नोबेल शान्ति पुरस्कारका योग्य छन्।” उनले ट्रम्पले त्यस समय भारतले अस्वीकार गरिरहेका बेला दखल गरी परिस्थितिलाई नियन्त्रणमा ल्याएको दाबी गरे।

Kamana Sewa

प्रधानमन्त्री शरीफले भारतमाथि पहलगाम घटनालाई राजनीतिक रूपमा प्रयोग गरेको आरोप पनि लगाएका छन् र पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको दृष्टिकोणअनुसार सबै विषय वार्ता र संवादमार्फत समाधान गर्न इच्छुक रहेको बताए। उनले थपे, “पाकिस्तान बाहिरी आक्रमणबाट आफ्नो पूर्ण रक्षा गर्नेछ। युद्धमा हामीले जित हासिल गरेका छौं, अब हामी शान्ति चाहन्छौं। भारतसँग बाँकी सबै मुद्दामा व्यापक र प्रभावकारी वार्ता गर्न पाकिस्तान तयार छ।”

Classic Tech Desktop

शरीफको यो अभिव्यक्ति अन्तरराष्ट्रिय मञ्चमा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सम्बन्धी बहसलाई नयाँ कोण प्रदान गर्नेछ भन्ने विश्लेषकहरूको अनुमान छ।

प्रतिकृया