• १४ असोज २०८३, बुधबार
  • ९ः२६ बिहान

शेयर बजारमा ओरालो, नेप्से २.३५ अंकले घट्यो

प्रकाशित मिति

२०८२ आश्विन ९ गते, बिहीबार ०३:०९

असोज ९, २०८२ काठमाडौं– बुधबार राताम्य भएको शेयर बजार आज पनि झिनो अंकले घट्दै २६५२ बिन्दुमा कायम भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २.३५ अंकले घट्दा ३२७ कम्पनीको ७९ लाख ५३ हजार कित्ता शेयर किनबेच भई ३ अर्ब २६ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

National Life

बिहीबार ९ उपसूचक राताम्य भए, जसमध्ये होटल तथा पर्यटन समूह १.४९%, फाइनान्स ०.५०% र विकास बैंक समूह ०.४४% ले घटे। १०७ कम्पनीको शेयर मूल्य बढेको भए पनि १३९ कम्पनीको घटेको छ।

राजनीतिक अस्थिरता, चुनावको वातावरण, र नयाँ अर्थमन्त्रीको अस्पष्ट नीतिका कारण बजारमा अन्योलता बढेको विश्लेषकहरू बताउँछन्। लगानीकर्ताको मनोबल कमजोर बन्दा बिक्री चाप बढेको देखिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया