• १४ असोज २०८३, बुधबार
  • ८ः५४ बिहान

प्रचण्डको प्रस्तावमा श्रेष्ठ र शर्माको असहमति, कार्यवाहक नेतृत्वको माग

प्रकाशित मिति

२०८२ आश्विन ९ गते, बिहीबार ०२:४४

असोज ९, २०८२ काठमाडौं–  नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने र पदाधिकारी तथा केन्द्रीय समिति भंग गर्ने प्रस्ताव राखेका छन्। तर, उक्त प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन्।

National Life

श्रेष्ठले मंसिरमा महाधिवेशन सम्भव नभएको भन्दै चुनावपछि मात्रै गर्नुपर्ने धारणा राखे। साथै, अध्यक्ष प्रचण्डले अहिले नै राजीनामा दिनुपर्ने र आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने माग गरे।

उपमहासचिव शर्माले पनि सबै पदाधिकारीले राजीनामा दिएर निर्देशक समितिमा बस्नुपर्ने र नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव राखे। शर्माले महाधिवेशनपछि नयाँ नेतृत्व चयन हुनुपर्ने स्पष्ट पारे।

Classic Tech Mobile
Classic Tech Desktop

गत आइतबारको पदाधिकारी बैठकमा समेत श्रेष्ठले कार्यवाहक अध्यक्षको माग गरेका थिए।

प्रतिकृया