प्रचण्डको प्रस्तावमा श्रेष्ठ र शर्माको असहमति, कार्यवाहक नेतृत्वको माग
प्रकाशित मिति
२०८२ आश्विन ९ गते, बिहीबार ०२:४४
असोज ९, २०८२ काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने र पदाधिकारी तथा केन्द्रीय समिति भंग गर्ने प्रस्ताव राखेका छन्। तर, उक्त प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन्।
श्रेष्ठले मंसिरमा महाधिवेशन सम्भव नभएको भन्दै चुनावपछि मात्रै गर्नुपर्ने धारणा राखे। साथै, अध्यक्ष प्रचण्डले अहिले नै राजीनामा दिनुपर्ने र आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने माग गरे।
उपमहासचिव शर्माले पनि सबै पदाधिकारीले राजीनामा दिएर निर्देशक समितिमा बस्नुपर्ने र नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव राखे। शर्माले महाधिवेशनपछि नयाँ नेतृत्व चयन हुनुपर्ने स्पष्ट पारे।
गत आइतबारको पदाधिकारी बैठकमा समेत श्रेष्ठले कार्यवाहक अध्यक्षको माग गरेका थिए।







प्रतिकृया