• १३ असोज २०८३, मंगलबार
  • १०ः१२ राती

पुनर्निर्माण कोषमा सहयोग गर्न कुलमान घिसिङको आह्वान

प्रकाशित मिति

२०८२ आश्विन ९ गते, बिहीबार ०१:५८

असोज ९, २०८२ काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री कुलमान घिसिङले भौतिक क्षतिपछि देशको पुनर्निर्माणका लागि स्थापना गरिएको कोषमा योगदान दिन सबैलाई आह्वान गरेका छन्।

National Life

सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट “पुनर्निर्माण कोष” स्थापना गर्दै आर्थिक, भौतिक र संरचनागत पुनर्निर्माणका लागि सहयोगको अपिल गरेको थियो। कोष सञ्चालन तथा समन्वयका लागि अर्थमन्त्रीको अध्यक्षतामा “पुनर्निर्माण समिति” समेत गठन गरिएको छ।

मन्त्री घिसिङले समितिले चाँडै पुनर्निर्माणको विस्तृत कार्ययोजना स्वीकृत गरेर काम सुरु गर्ने जानकारी दिएका छन्। “भौतिक संरचनामा आगजनी र तोडफोडले ठूलो क्षति पुगेको छ,” मन्त्री घिसिङले भने, “अहिलेको प्राथमिकता आर्थिक पुनरुत्थान र स्थायीत्वतर्फको यात्रा हो। त्यसका लागि पुनर्निर्माण कोषमार्फत साझा प्रयास आवश्यक छ।”

Classic Tech Mobile
Classic Tech Desktop

सरकारको पहलसँगै निजी क्षेत्र, दातृ निकाय, उद्योगी, व्यवसायी, नागरिक समाज तथा आम नागरिकलाई कोषमा सक्दो सहयोग गर्न मन्त्री घिसिङले अपिल गरेका छन्। उनको भनाइमा, पुनर्निर्माण कोष केवल क्षतिको भरपाईका लागि मात्र नभई भविष्यमा यस्ता संकटहरूप्रति संस्थागत तयारी र प्रतिकार्य प्रणाली निर्माणको आधार पनि बन्नेछ।

प्रतिकृया