• १३ असोज २०८३, मंगलबार
  • २ः२६ राती

नेपाल टेलिकमको पोस्टपेड–प्रिपेड सेवा प्रभावित, हजारौं फोन ‘वान वे’

प्रकाशित मिति

२०८२ आश्विन ९ गते, बिहीबार ११:३३

असोज ९, २०८२ काठमाडौं–  नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड मोबाइल सेवामा बिहीबार बिहानदेखि गम्भीर समस्या देखिएको छ। बिलिङ प्रणालीमा देखिएको त्रुटिका कारण हजारौं प्रयोगकर्ताको ‘आउट गोइङ कल’ अवरुद्ध भएको छ।

National Life

टेलिकमका अनुसार समस्या मध्यरातदेखि सुरु भएको हो। अनलाइन चार्जिङ सिस्टममा समस्या आएपछि ब्यालेन्स भए पनि थुप्रै प्रयोगकर्ताको मोबाइलमा ‘वान वे’ (केवल इनकमिङ कल मात्र आउने) अवस्था देखिएको हो।

टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले समस्या समाधानको प्रयास गरिएको जानकारी दिँदै भने, “मध्यरातदेखि बिलिङ प्रणालीमा समस्या देखिएको हो। अहिले समस्या समाधान भइसकेको छ, थप काम भइरहेको छ।”

Classic Tech Mobile
Classic Tech Desktop

टेलिकमका एक वरिष्ठ इन्जिनियरका अनुसार प्रत्येक महिनाको १५ तारिखमा पोस्टपेड प्रयोगकर्ताको बिलिङ हुने प्रक्रिया सञ्चालन भइरहँदा प्रणालीमा गडबडी आएको हो। करिब ८ घण्टा लामो यो समस्याका कारण हजारौं ग्राहक प्रभावित भएका छन्। सामाजिक सञ्जालमा टेलिकमको सेवाप्रति प्रयोगकर्ताहरूले असन्तुष्टि जनाएका छन्।

प्रतिकृया